गगन थापा
सभापति • नेपाली कांग्रेस
नयाँ पुस्ताको नेतृत्व। पारदर्शी शासन। सबैका लागि समुन्नत नेपाल।
‘बाख्रा काण्ड’ को वास्तविकता
गगन थापा र उनको टिमले कृषि फार्म सञ्चालन गर्ने उद्देश्यले PACT कार्यक्रमअन्तर्गत अनुदानका लागि आवेदन दिएका थिए। तर संसदको कृषि समितिको सभापति पदमा रहेकाले स्वार्थको द्वन्द्व उठ्न सक्ने देखेपछि, उहाँले सम्झौता आफैंले रद्द गर्नुभयो।
राज्यको एक रुपैयाँ पनि अनुदान लिइएको छैन। यो केवल राजनीतिक प्रतिशोधका लागि फैलाइएको भ्रम हो।
कृषि विकास मन्त्रालयको आधिकारिक सूचनाले अनुदान नलिएको पुष्टि गर्छ। विभिन्न अन्तर्वार्तामा उनले परियोजना असफल भए पनि अनुदान नलिएको कुरा स्पष्ट गरेका छन्, र छानबिनका लागि औपचारिक पत्रसमेत पठाइएको छ।
मुख्य तथ्यहरू
- आवेदन दिए पनि सम्झौता आफैंले रद्द गरेको
- मन्त्रालयको सूचनाबाट अनुदान नलिएको पुष्टि
- आरोपीले पछि गलत आरोप स्वीकार गरेको
“स्वार्थको द्वन्द्व देखेपछि आफैंले सम्झौता रद्द गर्नु नै नैतिकताको सबैभन्दा ठूलो प्रमाण हो।”
तथ्यांकमा
25+
वर्ष राजनीतिमा
3
लोकतान्त्रिक आन्दोलन
सर्लाही-४
Constituency
2026
कांग्रेस सभापति
Why Gagan is the G.O.A.T?
ग्रेटेष्ट अफ अल टाइम
Grassroots Leader
विद्यार्थी राजनीतिबाट सुरु गरी, जनसेवा र सर्वसाधारणसँगको सम्बन्धमा समर्पणबाट उदाएका।
Orator & Advocate
संसद र सार्वजनिक मञ्चहरूमा शक्तिशाली भाषणका लागि चिनिने, लोकतन्त्र र सामाजिक न्यायको वकालत।
Action-Oriented Reformer
संस्थागत परिवर्तन, पारदर्शिता, र पार्टी नेतृत्वलाई नयाँ हातहरूमा ल्याउन अघि सर्नुभयो।
Tenacious & Tireless
राजनीतिक संघर्षहरूमा लचिलोपन र निरन्तरता देखाउँदै, आफ्ना आदर्शहरूका लागि लगातार काम।
MUTTONFESTO
नेपाली कांग्रेसको 'सुशासन र समुन्नतिको VIS10N' - १० भिजन जसले नयाँ नेपालको खाका कोर्छ।
सम्मानित भएर बाँच्न पाउने नेपाल
हरेक नेपालीको स्वाभिमान, पहिचान र स्वतन्त्रता सुरक्षित। जात, धर्म वा लिङ्गका आधारमा कुनै भेदभाव छैन।
सपना देख्न सक्ने नेपाल
युवालाई स्वदेशमै आकर्षक अवसर। विदेशमा बस्ने नेपालीको ज्ञान र सीप मातृभूमिमा जोडिने।
सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन
५ वर्षमा १५ लाख रोजगारी, १० लाखसम्म आय कर छुट र व्यवसायीलाई राज्यको साथ।
पेटभरी खुवाउने किसानको नेपाल
किसान क्रेडिट कार्ड, ५% भन्दा कम ब्याजमा ऋण, ८०% बीमा अनुदान र उचित बजार मूल्य।
ओखती र ओत दिने नेपाल
सार्वभौमिक स्वास्थ्य बीमा। ३ वर्षमुनि र ७३ वर्षमाथि निःशुल्क उपचार। क्यान्सर र मुटु रोगमा पूर्ण कभरेज।
छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
राष्ट्रिय बजेटको २०% शिक्षामा। AI, कोडिङ र वित्तीय साक्षरता स्कुल स्तरदेखि। विश्वस्तरीय युवा निर्माण।
बेथिति र हैरानीमुक्त विधिको शासन
फाइलरहित, नगदरहित र उपस्थितिरहित सरकारी सेवा। अदालत, विश्वविद्यालयमा दलीयकरण अन्त्य।
मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल
भाषा, कला, संस्कृति र सम्पदाको समान संवर्द्धन। आधुनिकतासँग तालमेल राख्दै आफ्नै पहिचानमा गर्व।
विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
नेपाली राहदानी विश्वले सम्मान गर्ने। समानता र सार्वभौमिक मूल्यमा आधारित परराष्ट्र नीति।
समुन्नतिमा लम्कने नेपाल
५ वर्षमा १४,००० MW ऊर्जा, प्रतिव्यक्ति आय $२,५०० र वातावरण सन्तुलनसहित हरित विकास।
प्रत्यक्ष प्रश्नोत्तर
भिडियोमा प्रत्यक्ष हेर्नुहोस्। तलका प्रश्नहरूमा क्लिक गर्दा भिडियो ठीक त्यही समयबाट सुरु हुनेछ।
आयोगका सिफारिसहरू जस्ताको तस्तै कार्यान्वयन गर्छौं। प्रहरी संस्थागत सुधारमा हामी थप विस्तृत काम गर्दैछौँ।
अत्याधुनिक निगरानी प्रणाली मार्फत इन्साइडर ट्रेडिङ रोक्छौँ। 'लगानीकर्ता संरक्षण कोष' र धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त बनाउने छौँ।
कांग्रेस 'प्रो-प्राइभेट, प्रो-ग्रोथ' हो, राज्य 'रेगुलेटर' र 'ग्यारेन्टर' रहन्छ। हामी ग्लोबल अर्डरको फेरबदललाई आर्थिक लाभमा बदल्नेछौँ।
६ महिनामा खेलकुद ऐन परिमार्जन गरी उद्योगमा बदल्छौँ। खेलकुद परिषद पुनर्संरचना गर्दै एन्टिडोपिङ (Anti-Doping) ऐन ल्याउनेछौँ।
किसानबाट बजारसम्मको तह घटाउन नयाँ कानुन बनाउँदै छौँ, जसमा स्थानीय सरकारलाई प्रमुख जिम्मेवारी दिइनेछ।
अख्तियार प्रभावकारी बनाउने र 'नीतिगत निर्णय' लाई पनि अख्तियारको दायरामा ल्याउने हाम्रो मुख्य योजना हो।
सार्वजनिक खरिदमा 'समय' को पनि प्रतिस्पर्धा गराउँछौँ। ९०% पूर्वतयारी (Site clearance) नभई ठेक्का नदिने कानुन ल्याउँदैछौँ।
यी तथ्यहरू सर्वोच्च अदालतकै फैसलामा उल्लेख छन्। सर्वोच्चको वेबसाइटमा बिना धितो ऋण र चेकमा हस्ताक्षर भएका स्पष्ट तथ्य हेर्न सक्नुहुन्छ।
संविधानमा शिक्षा-स्वास्थ्य मौलिक हक मेरै पहलमा बन्यो। मन्त्री हुँदा कामको मानक बसालेँ। अघिल्लो कार्यकालमै दलको नेता भएको भए आज देशले यो अवस्था भोग्नु पर्दैनथ्यो।
म मौन थिइनँ। भाद्र ८ को संसद भिडियो हेर्नुस्, तत्कालीन प्रधानमन्त्रीलाई 'देश दुर्घटनामा जाँदैछ' भनेकै थिएँ। पार्टी बैठकमा नसुनिएपछि संसदमा बोलेको हुँ।

"कांग्रेस दास र लासहरुको पार्टी होइन।"कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो।
जिउँदो कांग्रेसले बल्ल समाजको जिम्मेवारी पूरा गर्न सक्छ। हामीले बदलिएको समयसँगै आफूलाई बदल्नुपर्छ।
गगन कुमार थापा
सभापति, नेपाली कांग्रेस
आन्दोलनमा सामेल हुनुहोस्
नयाँ, समुन्नत नेपाल निर्माणका लागि हामीसँग जोडिनुहोस्।
